काठमाडौं: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ वटा कम्पनीले प्रस्ताव पेश गरेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ खर्ब ३० अर्ब भन्दा बढी रुपैयाँ (३ अर्ब अमेरिकी डलर) प्रस्ताव गरिएको छ ।
सरकारले लगानी सम्मेलनमा लगानीकर्ता समक्ष्य प्रस्तुत गरेकोनिजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६ वटा कम्पनीले लगानी प्रस्ताव गरेको लगानी बोर्डले जनाएको छ ।
सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट ७७ परियोजनामध्ये ३१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ। कूल २५ खर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ।
२६ वटा परियोजना ‘शोकेश’ मा भएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो।
