काठमाडौँ: लगातार बढेको शेयर बजारमा आज ब्रेक लागेको छ । आज सोमबार नेप्से परिसूचक ७.२६ अंकले घटेको छ । कारोबारको अन्तिम घण्टामा बाणिज्य बैंकको शेयर सप्लाइ बढ्दा १७ अंकसम्मले गिरावट आएको थियो।

जीवन तथा निर्जीवन बीमा कम्पनीको सूचक र उत्पादन तथा प्रसोधनको सूचक बढे पनि बाँकी सुचक तथा उसूचक ओरालो लागेका छन्।

 

नेप्से सूचक ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा ओर्लिएको छ। कारोबार रकम भने एक अर्ब तीन करोड रुपैयाँको भएको छ। आइतबार पनि एक अर्ब दुई करोड रुपैयाँको करोबार भएको थियो।

 

आज पनि नेपाल बैंकको अधिकतम ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार पनि बैंकको अधिकतम कारोबार भएको थियो।

 

एभरेष्ट इन्स्योरेन्सको कारोबारमा अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको बजार मूल्य ३२ रुपैयाँले बढेर ३५४ रुपैयाँ पुगेको छ। आज अधिकतम कमाउनेमा बीमा कम्पनीका शेयरधनीहरु छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version