काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले देशमा लगानीको वातावरण बन्दै गएको बताएका छन्।

उनले हाल देशको लक्ष्यनै दीगो आर्थिक विकास तथा समृद्धि रहेको बताउदै नव गठित कार्य समितिले समेत यसलाई आत्मसात गरि आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे ।

मन्त्री यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गर्दै देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आईरहेको परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रमहरु मार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढङ्गमा पु¥याउन सहयोग गर्न जोड दिए ।

सोहि अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने कुरा व्यक्त गरे ।

सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरुको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यस तर्फ समेत निजी क्षेत्रको ध्यान आकृष्ट गरेका थिए ।

परिसंघका नव नियुक्त अध्यक्ष सतिश कुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरु दिदै आएको र आगामी दिनहरुमा समेत यस्तो कार्य निरन्तर रहने कुरा व्यक्त गरे ।

त्यस्तै विगत केहि समय देखि सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमानै उद्योगसँग सम्बन्धित धेरै कानुन परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको कुरा व्यक्त गर्नु गरेका थिए । ती कानुनको पूर्ण र प्रभावकारी कार्यान्वयनको लागि नियमावली निर्माणमा समेत निजी क्षेत्र सहकार्य गर्दै आवश्यक सुझाव दिन तयार रहेको बताए ।

मुलुक आगामी बजेटको तर्जुमामा लागेकोले उद्योगीहरुको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएकोले उद्योगीहरुको तर्फबाट नयाँ वजेटसँगै नयाँ जोस तथा स्फूर्ति ल्याउने खालको लगानीमैत्री बजेट आउने अपेक्षा रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version