काठमाडौँ:  बारा र पर्साका हावाहुरी पीडितको घर निर्माण गर्न सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रकम प्रदान गर्ने भएको  छ।

 

१४ सय ५३ हावाहुरी पीडितको घर निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैंया नेपाली सेनालाई जिम्मा लगाएको छ। वर्षाभन्दा पहिले हावाहुरी पीडितलाई घर बनाइदिने गरी नेपाली सेनालाई उक्त रकम दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनाएका छन्।

 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले जनता आवासको मोडल अनुसार नै घर निर्माण हुने बताउँदै भान्सा कोठा र शौचालय थप हुन सक्ने जनाए।नेपाली सेनाले घर निर्माणका लागि तयारी तीब्र पारेको जानकारी दिदै बाँस्कोटाले भने,‘वर्षा शुरु हुनुभन्दा पहिले पीडितहरुले घर पाउने छन्।’

 

सरकारले हाल निकासा गरेको रकमबाट एउटा परिवारको घर निर्माणका लागि ५ लाख ८२ हजार छुट्याइएको छ। उक्त रकममा एउटा परिवारको घर कस्तो निर्माण हुनेछ भन्ने शंका पनि व्यक्त हुन थालेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version