काठमाडौँ: पूँजी बजार परिसूचक नेप्से बिहीबार १२.८३ अंकले बढेर १२९२.१२ विन्दुमा पुगेको छ ।

 

समग्रमा बजार १ प्रतिशतले माथि लागेको हो । १७६ कम्पनीको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ लाख १९ लाख ५८२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार भएका सबै समूहका सूचक माथि लागेका छन् । वाणिज्य बैंक समूहमा १०.०९ अंकले वृद्धि भएको छ । यता, जीवन बिमा समूहको सूचक पनि ८९.९१ विन्दुले बढेको छ । कारोबार रकममा नेपाल बैंकले अग्रता जमाएको छ ।

 

यसको १८ करोड ४१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र प्रभु बैंक परेका छन् ।

 

लामो समयदेखि लगातारजसो बजार बढ्दा निराश बनेका लगानीकर्तामा एकाएक उत्साह छाएको छ । अहिले बढेको बजारले निरन्तरता पाउने उनीहरुको विश्वास छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version