काठमाडौं: सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ ।

 

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

 

पत्रकारले सोधेको प्रश्नमा, सरकारले आवश्यकता महसुसस गरी राजदूत कोइरालालाई फिर्ता बोलाइएको मन्त्री बाँस्कोटाले बताए ।

 

अहिलेसम्मको कार्यकालका लागि राजदूत कोइरालाई धन्यवादसमेत दिए ।

 

कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले राजदूत बनाएको थियो ।

 

वर्तमान सरकारले यसअघि इजरायलका लागि नेपाली राजदूत निरन्जन कुमार थापालाई कार्तिक २५ गते फिर्ता बोलाएको थियो ।

 

राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version