कालिकोट: कालिकोटमा तरकारी बोक्ने जीप पल्टिँदा २५ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम मान्म बजारदेखि करिब ४ किलोमिटर दुरीमा रहेको पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका खेलाडी र दर्शक बोकेको जीप जिल्ला अस्पताल मोडमा पल्टिँदा २१ जना घाइते भएका हुन्।

 

प्रहरीकाअनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको लु १ च ६४६४ नम्बरको मदन होटलको रातो प्लेटको जीप अस्पतालको मोडमा बायाँतिर मोड्दै गर्दा पल्टिएर ५ जना महिला र २० जना पुरुष घाइते भएका छन्। पाँच जना यात्रुहरु बोक्न मिल्ने जीपमा ३५ जनाभन्दा बढी यात्रुहरु बोकेकाले जीप पल्टिएको प्रहरीको भनाई छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version