काठमाडौँ: काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनुमतिबिना बनेका सटरमा डोजर चलाएको छ।

खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएपछि महानगरले शनिबार डोजर चलाएको हो।

महानगरले लगातार ताकेता गरे पनि पसलेहरूले अटेर गरेपछि महानगर सो कदम चालेको महानगर उपप्रमुख हरि प्रभा खड्गीले बताइन्।

‘सटर हटाउन महानगरले ताकेता गरिरहेको थियो। रातारात जेजे संरचना बनाइयो त्यो हटाउन भन्यौं। तर उहाँहरूले अटेर गर्नु भयो’, त्यसैले आज डोजर चलाइयो। जे भयो राम्रो भयो।’

महानगरले संरचना भत्काउँदा पसलेहरूले असन्तुष्टि पोखेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version