काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आज अर्थमन्त्रालयमा भेटगरी साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई भ्याटमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट उत्पन्न समस्या तथा महिला उद्यमशीलता विकास कोषको रकम वृद्धि लगायतका विषयमा ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसंगको भेटमा व्यूटि पार्लर व्यवसाय र सुटिङ् सर्टिङ्¨को सामान सहितको टेलरि¨ व्यवसाय जस्ता स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ताको व्यवस्थाबाट यी पेसा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएकाले यसमा पुनर विचार गर्न आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलले यी व्यवसायहरूमा थ्रेसहोल्डको आधारमा मुअकरमा दर्ता गर्ने व्यवस्था हुन समेत सुझाव पेश गरेको छ ।

साथै प्रतिनिधिमण्डलले घरेलु तथा साना उद्योग विभाग अन्तर्गत संचालित महिला उद्यमशीलता विकास कोषबाट लघु, घरेलु उद्योगका महिला उद्यमीहरूलाई उद्यम व्यवसाय विकास तथा विस्तार गर्ने कार्यमा सहयोग पुग्दै आएको र कर्जाको माग समेत बृद्धि भैरहेको सन्दर्भमा नया“ बजेटले कोषको रकम कटौती गरेकोतर्फ चिन्ता प्रकट गर्दै कोषको रकम वृद्धि गर्न आग्रह गरेको महासंघले जनाएको छ ।

सो अवसरमा माननीय अर्थमन्त्री डा. खतिवडाले महासंघबाट स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता हुने व्यवस्थामा पुनर विचार गर्न गरिएको आग्रह, समस्या तथा सुझावलाई मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

अर्थमन्त्री खतिवडाले निश्चित समयको लागि महिला उद्यमशीलता विकास कोषको लागि माग अनुसारको रकम थप गरी महिला उद्यमीहरूलाई ऋण प्रवाहमा सहयोग गर्ने प्रतिवद्धता सहित आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्यमा महिला उद्यमीहरूबाट संचालन हुने परियोजनामा आधारित १५ लाख रुपैयाँसम्मको सामुहिक ऋणमा ६ प्रतिशत व्याज अनुदानको व्यवस्था गर्ने व्यवस्था पनि क्रमशः कार्यान्वयन गर्दै जाने विश्वास दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version