काठमाडौं: संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट (वर्षे)अधिवेशन आजबाट सुरु हुन लागेको हो ।

 

संघीय संसद्को बर्खे अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। यसपालिको बर्खे अधिवेशन पनि बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारको भनाइ छ।

 

गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो। कानुनमन्त्री भानुभक्त ढकालले यो अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसद्मा दर्ता हुने बताए। संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका विधेयक र संसद्मा प्रक्रियामा रहेका र समितिमा रहेका गरी ५५ विधेयक बर्खे अधिवेशनमा प्रस्तुत हुने अनुमान छ।

 

गत चैत १० गते हिउँदे अधिवेशन अन्त्य भएपछि एक महिनाको समयपछि बर्खे अधिवेशन सुरु भएको छ।

 

हिउँदे अधिवेशन संविधानसँग बाझिाएका कानुन निर्माणमा बढी केन्द्रित रहेको थियो। बर्खे अधिवेशन पहिला बजेट निर्माणमा केन्द्रित हुनेछ त्यसपछि कानुन निर्माण प्रक्रिया सुरु हुनेछ। सरकारले ल्याउने बजेट, नीति कार्यक्रम विगतको भन्दा के कति फरक हुन्छ त्यसको यस अधिवेशनमा महत्वपूर्ण स्थान रहनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version