काठमाडौँ: शेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ। तिब्र उतार चढावका बीच सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.२१ अंकले घटेर एक हजार ३१० दशमलब ३१ अंकमा झरेको छ।

सोमबार कारोबारको सुरुवाती १० मिनेट बजार तीन अंकले बढेको थियो। तर त्यसपछि तिब्र गतिमा झरेको बजारले पहिलो आधा घण्टामै २० अंक गुमायो।

त्यसपछि नाटकीय रुपमा सुधार देखिएको बजारले पहिलो घण्टाको समाप्तिमा बढेर पुन १३१८ अंक भेट्टायो तर सूचक भने हरियो नहुँदै बजार ओर्लदो गतिमा देखिएको थियो।

दुई बजेदेखि पून: सुधारोन्मुख भएको बजारले बृद्धि भने कायम गर्न सकेन। आजको कारोवारमा १ सय ७४ कम्पनीका ३० लाख कित्ता शेयर एक अर्ब १९ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version