डोल्पा : हुरीले आर्दश माध्यामिक विद्यालयको छाना उडाएको छ। बाल विकास केन्द्रको कक्षा १ देखि १० सम्मको ११ कोठाको जस्तापाता हावाले उडाएपछि पढाइ प्रभावित भएको छ ।

 

दिउँसो २ बजेपछि आएको हुरीले बालवालिका पढिरहेकै बेलो छाना उडाएको हो। हुरीले छाना उडाउँदा विद्यार्थीको भागाभाग भएको थियो।

 

हुरीले छाना उडाए पनि बालवालिका सुरक्षित छन्। कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक पूर्णबहादुर डाँगीले जानकारी दिए।

उनका अनुसार करिब ५ सय ७१ विद्यार्थी रहेको विद्यालयमा घाम लागे मात्रै पढाउन सकिने अवस्था छ।

 

छाना उडाएपछि विद्यालयको १५ लाख भन्दा धेरै क्षति भएको अनुमान गरिएको छ। हावाहुरीले १० गते विद्यामन्दिर माध्यामिक विद्यालयको छाना पनि उडाएपछि बालबालिका मैदानमा पढ्न बाध्य छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version