काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर फर्कने भएकी छिन् । स्वास्थ्यमा समस्या भएपछि भण्डारी फर्कन लागेकी हुन्।

 

भण्डारी आज बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। राष्ट्रपतिको स्वास्थ्यमा कस्तो समस्या देखिएको हो भन्ने विषयमा भने अर्यालले केही खुलाएनन्।

 

चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा सहभागी भएलगत्तै राष्ट्रपतिले सोमबार चिनियाँ समकक्षी सी जिनफिङसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

 

राष्ट्रपति भण्डारी भ्रमणको सातौं दिन मंगलबार चीनको ल्हासामा छिन्। उनी बिहिबार मात्र फर्कने कार्यक्रम थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version