काठमाडौं: शुक्रबार बिहान साँखुस्थित आलापोटबाट रत्नपार्क आउँदै गरेको बस बौद्व टुसालमा दुर्घटना भएको छ ।

 

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको हो ।

 

दुर्घटनामा परी १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version