काठमाडौं: सरकारले आज आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब भत्ता बढाउने सकेत गरेको छ।

 

शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भने वाक्यांश राखिएकोले यसको संकेत गरिएको हो।

 

यसले कर्मचारीको तलब बढ्छ भन्ने प्रष्ट चाहिँ भएको छैन तर पछिल्ला दुई वर्ष सरकारले कर्मचारीको तलब बढाएका छैन बरु भत्ता बढाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version