काठमाडौँ: सरकारले आगामी वर्ष पूर्व-पश्चिम विद्युतीय रेल मार्ग निर्माण सुरु गर्ने भएको छ।

 

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्ष रेलमार्ग निर्माण थाल्ने जानकारी गराइन्।

 

साथै उनले आउँदो आर्थिक बर्षभित्रै मेलम्ची आयोजना सम्पन्न गर्ने, बुढीगण्डकी आयोजना निर्माण थाल्ने, भेरी बबई आयोजना २ वर्षभित्र सक्ने, चार वर्षमा सिक्टा सिँचाइ मर्मत गरिसक्ने जानकारी गराइन्।

 

४ वर्षमा मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गको निर्माण सम्पन्न गर्ने, कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम कोरला खण्डलाई १२ महिना चल्ने बनाउने पनि उनले बताएकी छन्।

 

त्यसैगरी, सरकारले ७ सय ५३ स्थानीय तह जोड्ने सडक कालोपत्रे गर्ने भएको छ।

 

संघीय संसदमा शुक्रबार आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चार वर्षभित्र सबै स्थानीय तहका केन्द्र जोड्ने सडक कालोपत्रे गरिने जानकारी दिइन्।

 

कर्णाली करिडोरका सबै क्षेत्रमा सडकको ट्रयाक खोल्ने उनको भनाइ छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version