काठमाडौँ: दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ ।

 

यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

 

नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरुमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो ।

 

पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्सका रुपमा कार्यरत थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version