काठमाडौँ: प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भनेकोमा गम्भीर आपत्ति जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताए । सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तानेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’

सांसद मिनेन्द्र रिजालले हिजो राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको स्मरण गरे । ‘त्यो प्रवृत्तिमा सरकार हिँड्दैछ,’ उनले अघि भने ।

 

नीति तथा कार्यक्रममा के भनिन्छ हेर्न अरु देशमा जानु नपर्ने भन्दै उनले २०६४/६५ को चुनावपछि बनेको सरकारले मेरो सरकार भन्न छाडेको हेर्न आग्रह गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version