मस्को: रूसमा आकस्मिक अवतरण गर्न खोज्दा जहाजमा आगो लागेपछि ४१ जनाको मृत्यु भएको छ।

 

रूसी समयअनुसार आइतबार साँझ ६ बजे सेरेमेतेभो विमानस्थलबाट मुर्मान्स सहरका लागि उडेको जहाजमा टेकअफ भएको केहीबेरमै समस्या देखिएको थियो। इन्जिनमा समस्या देखिएपछि चालकहरूले जहाज आकस्मिक अवतरण गराएका थिए तर धावनमार्गमा पुगेपछि जहाजमा इन्जिनमा आगो लागेको थियो। केही सञ्चारमाध्यमले पहिलो पटकको अवतरण प्रयास असफल भएपछि दोस्रो पटक फोर्स ल्याण्डिङ गरिएको जनाएका छन्।

 

राष्ट्रिय ध्वजावाहक एरोफ्लोटको सुखोई सुपरजेट -१०० उक्त जहाजमा चालक दलका सदस्यसहित ७८ जना सवार थिए। आगो लागिरहेको जहाजबाट एक मिनेटको अन्तरालमा केही यात्रुहरूलाई उद्धार गरिएको थियो। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version