काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न सोध्ने नाममा कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको आरोप लगाएका छन् ।

 

 

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांसदहरुले प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि हंगामा भएको थियो ।

 

 

बुधबार जनतासँग प्रधानमन्त्री कार्याक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो ।’

 

वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईलाई निदोर्ष हुन न्यायाधीश हुनुपर्छ र ?’

 

उनले अघि भने, ‘म पनि कुदेर गएर प्रधानमन्त्रकिो कुर्सिमा बसेको होइन, जनताले राम्रै बहुमतले छानिएको हुँ । म कसैलाई मन नपर्नु बेग्लै कुरा हो, आम जनताले मन पराएको छ । जभाभावी बोल्ने बान्छनीय होइन ।’

 

कांग्रेस नेताहरुले आफ्ना सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण गर्नुपर्ने ठानेको तर नेताहरु नै अगाडि लागेर चर्को व्यवहार देखाएको भन्दै उनले लोकतान्त्रिक संस्थाहरुको अपमान नगर्न आग्रह गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version