काठमाडौँ: राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्की पत्नी वीणा गुरुङको निधन भएको छ।
आइतबार बेलुकी ग्रान्डी अस्पतालमा वीणाको निधन भएको हो। केही समयदेखि अस्वस्थ रहेकी वीणालाई उपचारको लागि ग्रान्डीमा भर्ना गरिएको थियो।

वीणाको सोमबार बिहान १० बजे पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ।

उनको विसं २०११ सालमा अम्बर गुरुङसँग विवाह भएको थियो। संगीतकार अम्बर गुरुङको विसं ०७३ जेठमा निधन भएको थियो।

पति अम्बर गुरुङको निधनपछि उनी छोरी अल्कासंँग बस्दै आएकी थिइन्। गुरुङका ३ छोरा र एक छोरी छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version