काठमाडौँ: संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा पत्रकार प्रवेशमा निषेध गरिएको छ ।
पटक पटक पत्रकारलाई प्रवेश निषेध गर्दै आएको समितिमा संघीय निजामती विधेयकमाथि छलफल चलिरहेको छ । तर पत्रकार प्रवेशमा भने रोक लगाइएको छ ।
समितिमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उपस्थित भएका थिए । समितिमा यसअघि सुरक्षा व्यवस्थाका विषयमा प्रहरी महानिरीक्षकसहित गृहमन्त्रीलाईसमेत बोलाइएको लगाएतका कैयौँ बैठकमा पत्रकार प्रवेशमा रोक लगाउँदै आइएको थियो ।
Facebook Comments Box
