काठमाडौं: राष्ट्रिय ललितकला प्रदर्शनी सुरु भएको छ। नेपाल आर्ट काउन्सिल, बबरमहलमा बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रदर्शनी उद्घाटन गरेका हुन्।

 

प्रदर्शनीमा नेपालभरबाट विभिन्न कलाकृति एकै स्थानमा संकलन गरिएको छ। यहाँ चार सय ६७ कलाकारका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सिर्जनात्मक कलालगायत विभिन्न विधाका पाँच सय २९ कलाकृति र वरिष्ठ कलाकारका अप्रतियोगी कलाकृतिसमेत समेटिएको छ।

 

प्रदर्शनीमा विधागत रूपमा आधुनिक, परम्परागत चित्रकला, मूर्तिकला समावेश छ। परम्परागत मूर्तिकलाभित्र लोककला र हस्तकला समावेश छन्। अन्यमा कलाफोटोग्राफी, भिडियो कला, कार्टुन र डिजिटल कलासमेत छन्। राष्ट्रिय ललितकला प्रदर्शनीका अवसरमा आर्ट टक, डिमोन्स्ट्रेसन, पुस्तक प्रदर्शनी र ख्यातिप्राप्त कलाकारसँग अन्तक्र्रिया आयोजना गरिने छ।

 

प्रदर्शनीमा ललितकला क्षेत्रमा योगदान पु¥याइरहेका कलाकारलाई अरनिको राष्ट्रिय प्रज्ञा सम्मान, राष्ट्रिय ललितकला पुरस्कार, विशेष पुरस्कार, प्रदेश विशेष पुरस्कार, ललितकला लेखन पुरस्कार र ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। यी पुरस्कारहरू क्रमशः नगद एक लाखदेखि २५ हजारसम्मका छन्।

 

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान स्थापना दिवसको उपलक्ष्यमा बर्सेनि राष्ट्रिय ललितकला प्रदर्शनी हुने गरेको छ। प्रदर्शनी तीन हप्तासम्म सञ्चालन हुने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version