काठमाडौं: अबदेखि दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको जानकारी दिए ।

‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजनाले हेल्मेट लगाउनुपर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ। यातायात व्यवस्था ऐन २/३ महिनामा स्वीकृत भएपछि ६ महिनापछि यो व्यवस्था लागुहुन्छ,’ पन्तले भने।

ट्राफिक प्रहरीले हेल्मेट पनि आइएसओ स्ट्याण्डर्डको लगाउनुपर्ने जनाएको छ ।

‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ। हामी त्यहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version