काठमाडौँ: कीर्तिमानी आरोही कामीरिता शेर्पा सात दिनमै दुई पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

 

जेठ १ गते २३ पटक सगरमाथामा चढेर विश्व किर्तिमान बनाएका शेर्पा आज (मंगलबार) फेरि सगरमाथामा चढेर आफ्नै रेकर्ड तोडेका हुन्।

 

उनी आज बिहान ६.३० बजे नेपाली मोहोडाबाट चुचुरोमा पुगेको उनको ट्रेकिङ कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ।

 

आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version