काठमाडौँ: शेयर बजार सूचक बढे पनि खरिदबिक्रीमा भने गिरावट आएको छ । नेप्से परिसूचक मंगलबार ४.४२ अंकले बढेर १३१२.१४ विन्दुमा पुगेको छ ।
१७३ कम्पनीको ८१ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । ३१ लाख २ हजार २८४ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
मंगलबार नेप्से परिसूचक ९.१३ अंकले घटेर १३०७.७१ विन्दुमा झरेको थियो भने १७२ कम्पनीको १ अर्ब २२ करोड रुपैयाँबरबका ३३ लाख ९८ हजार ६८० कित्ता शेयर खरिदबिक्री भएका थिए ।
आजको कारोवारमा उत्पादन मुलक, लघुवित्त र अन्य बाहेक सबै समूहको परिचूचक बढेको छ ।
Facebook Comments Box
