काठमाडौँ: यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको एक विमानस्थल र सैनिक अड्डामा बम राखिएको ड्रोनमार्फत् हमला गरेका छन् । अहिलेसम्म कुनै जनधनको क्षतीको खबर भने प्रकाशित छैन ।

 

साउदी अबरको शहर नजरानमा यो हमला यस्तो अवस्थामा भएको हो जब इरानले युरेनियम सम्बद्र्धनको क्षमता बढाउने घोषणा गरेको छ ।

 

ड्रोन हमलाबारे हुथीको अल मसिराह स्याटलाइट न्यूज च्यानलले बताए अनुसार हुथी विद्रोहीले कासेफ–२ को ड्रोनबाट नजरानमा एक एयरपोर्टलाई निशाना बनाएर हमला गरेको हो । नजरान रियादबाट ८४० किलोमिटर टाढा छ । यो साउदी अरब–यमनको सीमा नजिकै छ ।

 

हुथी विद्रोहीले आजकाल यो शहरलाई निशाना बनाउँदै आएको छ । यसअघि साउदी सरकारी एजेन्सीले कर्नल तुर्क अल–मलिकीलाई उद्धृत गर्दै हुथी विद्रोहीदले नजरानमा सिभिल साइटलाई लक्ष्य बनाउने कोसिस गरेको थियो । यद्यपी, उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version