काठमाडौँ:विश्वको सर्वोच्च शिखर सगरमाथाको सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली बुधबार बिहान चुचुरोमा पुगेको छ।

 

प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको नापी विभागका ५ सदस्यीय टोली बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेको हो ।

 

विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्।

 

‘सगरमाथाको उचाइ नाप्न एउटा महत्वपूर्ण काममा सफलता मिलेको छ,’ ढकालले भने,‘डाटा संकलन गरेर टोली अहिले बेस क्याम्पतिर फर्किरहेको छ।

 

चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लिएका थिए। ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर (जिएनएसएस) नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version