काठमाडौं : शेयर बजारमा सकारात्मक माहोल आउने क्रम जारी छ । बुधबार नेप्से सूचक ७.४९ अंकले हरियो बन्दा कारोबार रकममा पनि वृद्धि भएको छ ।
नेप्से सूचक ७.४९ अंकले बढेर १३१९.६३ विन्दुमा पुगेको छ ।
सूचीकृत १७१ कम्पनीको ९६ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । कुल ३४ लाख ३६ हजार ९३७ कित्ता सेयर किनबेच भएका छन् । ११ वटा समूहको सेयर कारोबार भएकामा २ वटा समूहको सूचक मात्र घटेको छ । बाँकी सबै समूह हरियो भएका छन् ।
सबैभन्दा धेरै जलविद्युत समूहको सूचक ६८.६३ अंकले बढेको छ । यस्तै, होटल समूहमा पनि ५२.२३ अंकको वृद्धि देखिएको छ । कारोबार रकमका आधारमा नेपाल बैंक अघि आएको छ । यसको ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ । यस्तै, दोस्रोमा प्राइम बैंक र तेस्रोमा शिवम सिमेन्ट्स रहेका छन् ।
