काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् ।

 

उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् ।

 

तीनै तहका सरकारले निर्मलाको परिवारलाई (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए ।

 

विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मोहन विष्टले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version