काठमाडौँ: सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने भएको छ । यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर तीव्रताका साथ अघि बढाउने निर्णय गरेको जानकारी दिए।
इटालियन कम्पनी भागेपछि आयोजनाको काम रोकिएको छ । सरकारले भने नीति तथा कार्यक्रममा नै एक वर्षभित्र मेलम्चीको पानी ल्याउने बताएको छ ।
मन्त्रिपरिषद बैठकले आयोजनाका बाँकी कामलाई भिन्नभिन्न टेण्डर आह्वान गरेर बेग्लाबेग्लै ठेकेदारमार्फत् काम अघि बढाउने बाटो खोलेको छ।
मेलम्चीको बाँकी काम सक्न कम्तीमा ३ अर्ब बजेट लाग्ने अनुमान छ।
