काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन्।

 

५४२ लोकसभा सिटमध्ये मोदी नेतृत्वको भारतीय जनता पार्टीले तीन सय ४० भन्दा बढी सिटमा अग्रता ल्याएको र प्रधानमन्त्री मोदी विजयी भएकोमा ओलीले बधाई दिएका हुन्।

 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार बिहीबार अपरान्ह ओली र मोदीबीच टेलिफोन वार्ता भएको हो।

 

‘प्रम ओलीले भारतीय प्रम मोदीजीलाई फोन गर्नुभयो। सम्पन्न आमनिर्वाचनमा प्राप्त सफलताको लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो।’

 

निर्वाचन जितेसँगै मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

 

यसअघि प्रधानमन्त्री ओलीले मोदीलाई ट्वीटरमार्फत् बधाई दिएका थिए। चुनावको नतिजा नआउँदै मोदीलाई बधाईको ओइरो लागेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version