काठमाडौं: साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ।
बिहीबारको तुलनामा आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको हो।
त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघले प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपैयाँ कायम गरेको छ।
Facebook Comments Box
