काठमाडौं : नेकपा विप्लव समूहले आवह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका(३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्चिम आठबिसकोट(४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका(६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका(१२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी
यस्तै आजको बन्द अन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् ।
जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका(२ मा ना।७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका(१ मा ना ६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका(८ मा ना २ ख ७४४४ नम्बरको बस, नवलपरासी पूर्व कावासोती नगरपालिका(१६ मा बा३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका(१ मा भे ७ प ४७५७ र भे ७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका(६ मा ना।८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
