काठमाडौँ: अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ?

 

संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खाजेका थिए ।

 

अध्ययनमा २५ देखि ६३ वर्ष उमेरका विभिन्न व्यवसायमा संलग्न अभिभावकलाई समेटिएको थियो । अध्ययनको निष्कर्षले अभिभावकहरू डिजिटल माध्यममा व्यस्त रहँदा बालबालिकालाई नकारात्मक असर पर्छ भन्ने देखाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीेले लेखेकी छिन् ।

 

अभिभावकले काममा व्यस्त रहेर बालबालिकालाई समय नदिनु नै सबैभन्दा ठूलो नकारात्मक पक्ष हो । मनोचिकित्सक रिचा अमात्य भन्छन्, “हामी काममा यति धेरै व्यस्त हुन्छौँ कि कार्यलयको काम पनि घरमा गर्छौ जसले गर्दा बाल मस्तिष्कमा आमाबुबाले माया नगर्ने जस्ता सोचाइ आउँछ ।

 

उनले अभिभावकले बालबालिका सँग समय नबिताउँदा उनीहरु अन्तै माया पाउने आशामा भाँैतारिन सक्ने जानकारी दिइन् । डा. अमात्यले अहिले काम नगरी खाने अवस्था छैन् कामबाट आइसकेपछि एक घण्टा भए पनि छोराछोरी सँग खेल्नु र रमाइलो गर्नुपर्छ ।

 

बुवाआमाले बालबालिकालाई समय नदिँदा अभिभावले कोहीसँग राम्रोसँग बोल्दा पनि रिस गर्ने, आमाबुबा देख्नेबित्तिकै रुने, विद्यालय जाँदा पनि एकोहोरो बस्ने, कोहीसँग मिल्न नखोज्ने, झगडालु स्वभावको हुने, कोही सानो बच्चालाई माया गरी बोलेमा टोलाएर हेर्ने जस्ता व्यवहार हुनसक्ने उनको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version