काठमाडौं: आज देशभर विभिन्न कार्यक्रम गरी १२ औं गणतन्त्र दिवस मनाइंदै छ। तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको अन्त्य भएको दिनमा बिशेष गरी यसलाई नेपाली जनता र राजनीतिक पार्टीहरुले बुझ्ने गरेका छन्।

 

तत्कालिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका प्रधानमन्त्री रहेका शेर बहादुर देउवाले नेपाली जनतामा नीहित सत्ता शक्ती दरबारमा लगेर बुझाउनु भएको थियो त्यसपछि तत्कालिन एमाले, राप्रपा र अन्य दलका नेताहरुलाई पालैपालो मिलाएर ज्ञानेन्द्रले केही दिनका लागि

 

नेताहरुई प्रधानमन्त्री बनाउने खेल शुरु भयो भने त्यसपछि उनले आफै माघ १९ गतेदेखि आफ्नै प्रत्यक्ष शासन शुरु गरेका थिए।
जसलाई पछि सबै दलका नेताहरु तत्कालिन माओवादीसहित मिलेर दलहरुले शाही शासनको संयुक्त देशव्यापी आन्दोलन छेडेका थिए।

आज बिहान सैनिक मंच टुँडिखेलमा आयोजना हुने गणतन्त्र बिशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version