काठमाडौँ: सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्तामा साविकको रकममा थप एक हजार रुपैयाँ बृद्धि गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले राज्य कोषमा बार्षिक २७ अर्ब ३६ करोड रुपैयाँ थप आर्थिक भार थपिएको छ ।
बुधबार संघीय संसदमा १५ खर्ब ३२ अर्बको बजेट पेश गर्दा सामाजिक सुरक्षा भत्ता एक हजार बढाइएको छ । अब ७० वर्ष उमेर पुगेका नागरिकले मासिक ३ हजार जेष्ठ नागरिक भत्ता पाउनेछन् ।
यसबारे १३ लाख नागरिक लाभान्वित हुनेछन् ।
यस्तै असत्त, अपाङ्गता भएका, एकल महिला, लोपन्मुख आदिवासी जनजातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजार बढाइएको छ ।
यसबारे करिव ९ लाख नागरिकको जीवनयापन सहज हुने सरकारको अपेक्षा छ ।
