काठमाडौँ: सरकारले मेलम्ची खानेपानी आयोजनाको काम आगामी वर्ष सम्पन्न गर्नका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन गरेको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै मेलम्ची आयोजनाको लागि बजेट बिनियोजन गरेका हुन् । सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ।

 

सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट विनियोजन गर्दै यही आर्थिक वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। तर, काम अन्तिमचरणमा पुगेसँगै निर्माण सीएमसी र खाने पानी मन्त्रालय बीचको विवादले गर्दा मेलम्चीको पानी यही आर्थिक वर्षमा प्रयोग गर्न पाउने उपत्यकाबासी आशा निराशामा बदलिएको थियो।

 

खानेपानी मन्त्रालयले निर्मााण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेसँगै आयोजनाको काम अलपत्र जस्तै भएको छ। केही दिन अगाडि मात्रै सरकारले नयाँ प्रक्रियाबाट बाँकी रहेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको छ। तर, काम थलानीका लागि टेन्डर प्रक्रिया अझै सुरु भएको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version