काठमाडौँ: गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरि मनाइएको छ।

 

 

ऊक्त कार्यत्रममा कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपालीहरु वाकिङ्गस्ट्रिटमा हिड्ने ठूलो जनसमुदायको उपस्थिति तथा सहभागिता रहेको थियो ।

 

स्वागत मन्तब्य दिंदै महामहिम राजदूत श्री युवनाथ लम्सालले दुबै दिवसहरुको महत्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवशर सम्बन्धमा प्रकाश पार्नुभयो । साथै, उहाँले गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यत्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा वाकिङ्गस्ट्रिटमा नै गरिने कुरा बताउनुभयो ।

 

प्रायः नेपालीहरु आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिंएका थिए ।

 

साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास, डेनमार्कले गरेको थियो र प्रचार प्रसारको समन्वय श्री प्रभात किरणले गर्नु भएको थियो । कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्फा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु सहितका कार्यक्रमहरु गरिएको थियो ।

 

कार्यत्रमस्थल विभिन्न पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै प्रशस्त पर्यटन सामाग्रीहरु वितरण गरिएको थियो ।

 

यो कार्यक्रमलाई नेपाल पर्यटन वोर्ड र डेनमार्कस्थित गैर आवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्चरजनप्रगतिशील मन्च, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास), विवेकशील साझा सद्भाव समूह, क्रियटिभ नेपाली वुमेन ग्रुप, नेपाल म्युजिक फेस्टिभल, वैज्ञानिक तथा प्राज्ञिक समूह आदिले प्रत्यक्ष वा अप्रक्षय रुपमा सहयोग थिए । मन्च सजावटका लागि सुशिला हमालले र तस्विर र भिडियो खिच्नको लागि Guru Production ले सहयोग गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version