काठमाडौँ: बजेटले लगानीकर्ताको धेरै जसो पूरा गरेपनि शेयर बजारमा उलेख्य सुधार आउन सकेन् । नेप्से परिसूचकमा सामान्य सुधार हुँदा पनि कारोवार रकममा भने भारी वृद्धि भएको छ । कारोबार सुरु भएको १५ मिनेटमै २१ अंक सुधार भएको शेयर अन्तिममा ५.५८ अंकले बढेर बन्द भयो।

 

बजेटले पूँजीगत लाभकर, बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना विधिलाई टुङ्गो लगाएपछि लगानीकर्ता हौसिएका थिए। विहिबार कारोबार रकम भने डेढ अर्ब रुपैयाँ नाघेको छ।

 

सूचक ५.५८ अंकको सुधार सँगै १३१९.४७ अंकमा रोकिएको छ। नेप्से बढेपनि आजको कारोवारमा बाणिज्य बैंक, अन्य, बिमा म्युचुअल फन्ड बाहेक सबै समूहको परिसूचक घटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version