काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको निधन भएको छ ।

 

एक वर्षदेखि उपचाररत राणाको उपचारका क्रममा अमेरिकाको न्युयोर्कमा निधन भएको हो ।

 

राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ ।

 

पूर्वराजा ज्ञानेन्द्र र नेपालको राजपरिवारसँग व्यवसायिक साझेदारी गरेका राणाले नेपालको आर्थिक विकासको क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय स्तरको होटल सोल्टीमा पनि ज्ञानेन्द्रसँग राणाको साझेदारी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version