ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ ? सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर ।

 

विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६/७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने जनाएका छन् ।

 

यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

विकल्पः
-कोटेश्वर–जडीबुटी सुरुङमार्ग
-नयाँ बानेश्वरमा अन्डरपास
-त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर
-कलंकी –बालाजुदेखि गोपीकृष्णसम्म सडक फराकिलो बनाउने
-सूर्यविनायक–धूलीखेल खण्ड स्तरोन्नति

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version