काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ताका लागि युरोप भ्रमणमा जाने भएका छन् ।

 

प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् ।

 

त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version