एजेन्सी: सर्वोच्च नेताविरूद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई बर्षको जेल सजाय सुनाएको छ ।

 

जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको हो ।

 

अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई बर्ष ‘मेडीया गतिविधि’मा सम्लग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्दा लडेका वकील मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था (आइआरएनए) ले बताएको छ ।

 

आदेशमा पत्रकार खाजेमीमाथिका अभियोगबारे प्रष्टरूपमा अन्य विवरण उपलब्ध गराइएको छैन । सुधारवादी पक्षधर एक दैनिक पत्रिका शार्घका रिपोर्टर र सेडा–ऐ–पार्सी मासिक पत्रिकाका प्रधानसम्पादकसमेत रहेका यीखाजेमीलाई दुई हप्ता पहिले पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version