काठमाडौं: मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । मलेसियामा आइतबार अबेर भएको खेलमा नेपाल मलेसियासँग २-० गोलले पराजित भयो ।

 

मलेसियाको जितमा सफावी राशिद र साहरुल सादले गोल गरे । मलेसियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

 

५१ औं मिनेटमा राशिदले पेनाल्टी मार्फत गोल गरेका थिए । नेपालका अनन्त तामाङले डिबक्सभित्र मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टीको मौका पाएको थियो ।

 

८२औं मिनेटमा सादले गोल गर्दै मलेसियाको जित सुनिश्चित बनाए ।

 

नेपालले सन् २०२२ को कतार विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । मलेसियाको खेलमा नेपालका अभिषेक रिजालले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नेपालले यही जुन ६ तारिख चाईनेज ताईपेईंसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाली टोली मलेसियाबाट सोझै ताईपेईं जानेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version