काठमाडौं: सोलुखुम्बुको विकट महाकुलुङ्ग गाउँपालिका-३ को छेस्कामस्थित प्रहरी चौकीमा नेत्र बिक्रम चन्द बिप्लवका कार्यकर्ताले गरेको भनिएको प्रहरी चौकी आक्रमण पूर्णरुपले गलत र भ्रामक भएको गृहमन्त्रालयले जनाएको छ।
सो घटनाको ब्रिफ़िङ्ग गराउन डाकिएको नियमित सुरक्षा बैठकमा तिनै सुरक्षा निकायका प्रमुखले सो कुरा झुटो भएको र त्यसमा कुनै सत्यता नभएको गृहमन्त्री राम बहादुर थापासमक्ष जानकारी गरेका हुन्।
नेपाल प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले घटनाबारे सोमबार दिउँसो गृहमन्त्री थापालाई ब्रिफिङ गरेका थिए।
गृहमन्त्रलायका शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रबक्ता रामृष्ण सुबेदीका अनुसार त्यहाँ कुनै प्रहरी चौकीमा आक्रमण नभएको बरु ४ जना मात्रै प्रहरी दरबन्दी रहेको चौकी लगायत अन्य देशभरका प्रहरी चौकीहरुमा थप दरबन्दी तैनाथ गर्ने अनौपचारिक निर्णय भएको हो।
यस्तै, कोहि प्रहरी कर्मचारी बिरामी परेको पनि हुनसक्छ त्यसैले अहिले हामीले त्यहाँ भएका सुरक्षाकर्मी अदली बदलि गरेका हौँ अरु बाहिर भनिएको जस्तो त्यस्तो ठुलो केही होइन, उनले भने।
सो अदली बदलिका लागि र केहि सुरक्षा कर्मी तैनाथ गर्न नेपाली सेनाको इटहरीस्थित विपदका लागि तयारी अवस्थामा राखिएको हेलिकप्टर प्रयोग गरिएको उनले जानकारी दिए।
यस्तै नेपाली सेनाका प्रबक्ता तथा सहायकरथी बिज्ञान देव पाण्डेका अनुसार गृहको माग अनुसार इटहरीबाट सोमबार दिउसो हेलिकप्टर उढेको तर के कति प्रयोजनलाई कहाँ उड्यो हामीलाई भनिएको छैन, उनले भने।
गृह स्रोतका अनुसार ब्रिफिङमा गृह सचिव प्रेमकुमार राई र शान्ति, सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पनि उपस्थित थिए ।
प्रहरीको पाएको अग्रिम सूचना र अपनाइएको सावधानीका कारण क्षति हुन नपाएको सुरक्षा निकायको रिपोर्ट छ ।
व्रिफिङपछि आवश्यकता अनुसार मुलुकको विकट क्षेत्रमा रहेका प्रहरी कार्यालयमा थप मद्दत पठाउन गृहमन्त्री थापाले निर्देशन दिएका थिए । विप्लव नेता÷कार्यकर्तालाई लक्षित गरेर पहाडी क्षेत्रमा प्रहरी र सशस्त्रको संयुक्त अपरेशन चलाउने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।
गएराति चौकीमा आक्रमण भएको विषयलाई लिएर विप्लव समूहले भने विज्ञप्ति जारी गर्दै आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ ।
