काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले विस्तारित चक्रपथको कलंकी-सातदोबाटो कोटेश्वर खण्डको गतिको सीमा तोकेको छ । चक्रपथ विस्तारपछि यो खण्ड दुर्घटनाको हिसवासले ‘ब्ल्याक स्पट’ बनेको छ ।

 

ट्राफिक महाशाखाका अनुसार आठ लेनको करिव साढे १० किमी खण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा गति सिमा तोकिएको छ। सर्भिस लेनमा २० किमी प्रतिघण्टा तोकिएको छ।

 

जेठ २० गतेदेखि नै लागु गरेर सवारीसाधनको गति मापद भैरहेको ट्राफिक महाशाखले जनाएको छ। तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक जरिवाना र कारबाही हुने जनाइएको छ।

 

यो सडकमा चार लेन मुख्य र दुईतिर दुई/दुई सर्भिस लेन रहेका छन्। यो सडक पैदलयात्रुमैत्री छैन। मेडियन, पर्याप्त ओरहेड ब्रिज, जेव्राक्रसिङ नहुँदा दुर्घटना बढेको छ।

 

सडक विभागले अध्ययन गरेर यो सडकलाई पैदल यात्रुमैत्री र सुरक्षित बनाउनका लागि काम सुरु गर्ने तयारी गरिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version