काठमाडौं: साउनदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले २० प्रतिशत मूल्य बढाउने घोषणा गरेका हुन् ।

 

गत वर्ष बढेको मूल्य घटाउने क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको उनीहरुको गुनासो छ ।

 

सरकारले गत वर्ष थप १३ प्रतिशत दूसञ्चार सेवा शुल्क लगाएको थियो। त्यसआधारमा व्यवसायीहरुले मूल्य बढाएका थिए तर, सरकारले विभिन्न सहुलियत दिने आवश्वासन दिएपछि मूल्य बृद्धिको निर्णय फिर्ता लिए ।

 

त्यसबेला सञ्चारमन्त्री गोकुल बास्कोटाले कानून संशोधन गरेर इन्टरनेट सेवा प्रदायकलाई रहात दिने प्रतिवद्धता जनाएका थिए । तर, एक वर्षसम्म पनि प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले साउनदेखि २० प्रतिशत मूल्य बढाउने बताएका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version