काठमाडौँ: बजेट पूर्व कायम भएको दैनिक उपभोग्य बस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन । व्यापारीहरुले विभिन्न बाहानामा अत्याबश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफूखुशी तोकेका थिए ।

 

दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो ।

 

 

बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो । मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो ।

 

व्यापारीले एकलौटी रुपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version