काठमाडौँ: बजेट भाषणका बेलामा उत्साहित बनेका लगानीकर्ता बजार घटेपछि निराश बनेका छन्।

 

यो साता शेयर बजार २१.०८ अंकले घटेको छ।साताको पहिलो दिन १३०५ अंकमा रहेको सूचक अन्तिम दिन बिहीबार १२८४.५९ अंकमा ओर्लियो। यो शेयर बजारमा चार दिन कारोबार भयो। कारोबार भएको चारै दिन बजारमा गिरावट देखियो।

यस साता लगातार बजारमा आएको गिरावटले सूचक सँगै कारोबार रकम समेत ३६.३७ प्रतिशतले घटेको छ।

 

यो साता दुई अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो। कारोबार रकम घटेसँगै बजार पूँजीकरणमा समेत संकुचन देखिएको छ। अघिल्लो साता १६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता १५ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ।

 

साताभरीमा ११ समूहको कारोबार भयो। कारोबारमा आएका ११ समूहमा ९ समूहको उपसूचक घट्यो भने दुई समूहमा वृद्धि देखिएको छ। सबैभन्दा बढी जीवन बिमा समूह १६५.९१ अङ्कले घट्यो भने होटेल र फाइनान्स क्रमशः १२.६६ र १३.६८ अंकले बढ्यो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version